सामाजिक सेवामा अग्रणी व्यक्तित्व श्रीप्रसाद लिम्वु
- प्रकाश शर्मा
वेलायतको नेपाली समाजमा श्रीप्रसाद लिम्वुलाई नचिन्ने सायद कमै होलान् । उहाँ मलेसियाको सिंगाईपटनी भन्ने ठाउँमा बुबा धनबहादुर लिम्वु र आमा विष्णु कुमारी लिम्वुबाट १४ नोभेम्वर १९६४ सालमा जन्मनु भएको हो । उहाँका बुबा त्यतिवेला बृटिस गोर्खा सेनाको इन्जिनियर पल्टनमा कार्यरत हुनुहुन्थ्यो । श्री लिम्वु ५ वर्षको उमेरमा नेपाल फर्के पछि ताम्लेजुङ्गको गणेश माध्यामिक विद्यालयमा अध्ययन थाल्नु भयो र त्यहींबाट एसएलसी सम्मको अध्ययन पुरा गर्नु भयो ।
सत्र वर्षको लक्का जवान श्री लिम्वु सन् १९८१ सालमा बृटिस गोर्खा सेनामा भर्ति हुनुभयो र हङ्गकङ्गमा सैनिक बेसिक ट्रेनिङ्ग पुरा गर्नु भयो । गोर्खा सेनामा सेकेण्ड सेभेन नामको अर्को नयाँ पल्टनको जन्म भएपछि श्री लिम्वु सोही पल्टनमा पोष्टिङ्ग हुनुभयो । सन् १९८५ सम्म सेकेण्ड सेभेन गोर्खा पल्टनमा सेवा गरेपछि उहाँ सेभेन गोर्खा रेजिमेण्टमा जानु भयो र पछि उहाँले सेकेण्ड रोयल गोर्खा रेजिमेण्टमा रहेर धेरै वर्ष सेवा गर्नुभयो ।
'लक्ष्य के लिनु उडि छुनु चन्द्र एक' भनेझै श्री लिम्वुले विभिन्न तालिम तथा शैक्षिक अध्ययन गर्दै गोर्खा सेनामा थुप्रै पटक पदोन्नति हुँदै अफिसर बन्नु भयो । कुशल प्रशिक्षक तथा सवैसंग मैत्रिपूर्ण व्यवहार गर्ने श्री लिम्वुले आफ्नो सैनिक जीवनका धेरैजसो वर्षहरु प्रशिक्षक भएर विताउनु भयो । यसका अलावा उहाँले स्कुल अफ इण्फेण्ट्री वार मिनिस्टरमा प्रशिक्षक भएर समेत काम गर्नु भयो ।
यसका अलावा उहाँले नेपालबाट नयाँ भर्ति गर्ने काम पनि गर्नु भयो । उहाँले रिक्रुट कम्पनीमा प्लाटुन कमाण्डरको कार्यभार सम्हाल्नु भयो । उहाँले वोस्नियामा अपरेशन टुरमा अपरेशन अफिसरको कार्यभार सम्हाल्नु भयो । जसलाई उहाँले च्यालेन्जिङ्ग काम वताउनु हुन्छ ।
२४ वर्ष बृटिस गोर्खा सेनामा काम परेपछि सन् २००४ मा उहाँ एक्टिङ्ग कम्पनी टु वाई सीबाट अवकाश लिनु भयो ।
कलिलै उमेरमा सैनिक जीवनमा प्रवेश गरेर अफिसर सम्म बन्न पाउनु र धेरै देश घुम्न पाउनुलाई उहाँ सुखद क्षण मान्नु हुन्छ । त्यसैगरी परिवारलाई छोडेर टाढा बस्नु पर्ने अवस्था, बृटिस साम्राज्यवादले परिवारसंग वस्न पाउने आफ्नो नैसरि्गक अधिकार पनि खोसेको अवस्थालाई उहाँ दुखद पक्ष मान्नु हुन्छ ।
जे भएपनि आफ्नो कार्यक्षेत्रमा इमान्दारिता र दक्षताका कारण उहाँ गुड कण्डक्ट मेडल, अपरेशन टुर वोस्निया मेडल तथा क्वीन्स जुब्ली मेडलबाट सम्मानित हुनुभएको छ ।
२४ वर्षका बृटिस लाहुरे श्री लिम्वुले सन् १९८८ मा ललिता लिम्वु -पालुङवा) संग मागी विवाह गर्नु भएको हो । उहाँहरुका एक छोरा नगेन्द्र लिम्वु-संगीन) अहिले कलेजमा अध्ययन गर्दैछन् भने छोरी सविना लिम्वु जिसीएससीको फाइनल गर्दैछिन् ।
सैनिक जीवनबाट अवकाश लिएपछि उहाँले सामाजिक सेवामा हात बढाउनु भएको हो । त्यसो त सामाजिक संस्थामा काम गर्ने उहाँको रुची विद्यार्थी जीवन देखि नै थियो । सैनिक जीवनबाट अवकाश लिएपछि उहाँले आसफोर्डमा सगरमाथा गोर्खा नेपलिज कम्युनिटीको स्थापना गर्नुभयो र त्यसको संस्थापक अध्यक्ष हुनुभयो । हाल उहाँ उक्त संस्थाको सल्लाहकार हुनुहुन्छ ।
लिम्वुहरुको संस्था याक्थुम चुम्लुङ युकेको अध्यक्षको पदभार सम्हालीरहनु भएका श्री लिम्वु आफ्नो भाषा, संस्कृति, लिपी र परम्पराको संरक्षण र पर््रवर्द्धन गर्दै कसैसंग प्रतिश्पर्धा नगरीकन अगाडि बढ्ने आफ्नो संस्थाको उद्धेश्य रहेको वताउनु हुन्छ ।
नेपाली तथा लिम्वु भाषा र लिपिहरु नयाँ सन्ततिलाई सिकाउनको लागि उहाँले याक्थुम चुम्लुङको मुखपत्र प्रकाशित गर्ने योजना बनाउनु भएको छ । श्री लिम्वु भन्नुहुन्छ "विदेशमा बसेर सवै चाडपर्व मनाउन नसकेपनि विशेष चाडपर्व मनाउने यस साल देखि निर्णय गरेका छौं ।" यो वर्षको लिम्वुहरुको कुसाङ्ग तङले -नयाँ वर्ष) मनाउने उहाले योजना बनाउनु भएको छ । साथै उहाँहरुले आफ्नो वेभसाइट www.chumlunguk.com समेत विमोचन गरिसक्नु भएको छ ।
२७ जुलाई शनिवार याक्थुम चुम्लुङ युकेको वारि्षक कार्यक्रम आसफोर्डमा आयोजना गरिने भएकोले उक्त कार्यक्रममा उहाँले वेलायतमा रहेका सवै नेपालीहरुलाई आमन्त्रण समेत गर्नु भएको छ ।
श्री लिम्वु अध्यक्ष रहनु भएको याक्थुम चुम्लुङले स्वर्गीय कैलाशमान लिम्वुकी धर्मपत्नी युवाकुमारी लिम्वुलाई करिव ९ हजार पाउण्ड आर्थिक सहयोग पुर्याएको थियो ।
संविधान सभाका सम्वन्धमा जनजाति महासंघले उठाएका मागहरुप्रति नैतिक समर्थन र ऐक्यवद्धता जनाउनु हुने अध्यक्ष लिम्वु भोली परि आएमा आर्थिक समर्थन समेत गर्न सकिने वताउनु हुन्छ । वर्तमान अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र अपरिहार्य समेत भएको उहाँको राय छ । उहाँ भन्नुहुन्छ "देश नाजुक अवस्थामा रहेको वर्तमान अवस्थामा हामी सबै मिलेर देशलाई सहि दिशातिर लैजान जरुरी छ ।"
जातीय समानुपातिक प्रतिनिधित्वका कुराहरु अन्तरिम संविधानमा नपरेकोमा उहाँ चिन्तित हुदै उक्त कुराहरु अन्तरिम संविधानमा समावेश गरिनु पर्ने विचार राख्नु हुन्छ ।
आफ्ना समकक्षी सरह अधिकारको माग गर्दै आन्दोलनमा उत्रिएका गोर्खा सेनाको एकताको पक्षधर श्री लिम्वु सम्पूर्ण गोर्खालाई एकजुट भएर अगाडि बढ्न आव्हान गर्दै भन्नुहुन्छ "बृटिस साम्राज्यवादले करिव २ सय वर्ष भन्दा बढीसम्म गोर्खाहरुलाई भेदभाव गर्यो त्यसबाट मुक्ति पाउन र आफ्नो हक र अधिकार प्राप्तिको निमित्त जवसम्म हामी एक हुँदैनौ तवसम्म सफलता प्राप्त गर्न सक्दैनौं ।"
अध्यक्ष लिम्वु दिउँसोमा हल्का खाना खान रुचाउनु हुन्छ तापनि उहाँलाई नेपाली दाल, भात, तरकारी सबैभन्दा बढी मन पर्ने खाना हो ।
आफूलाई मन परेको ठाउँ क्यानाडा जाँदाको रमाईलो क्षण सुनाउँदै उहाँ भन्नुहुन्छ "हामी त्यहाँ एउटा घरमा पाहुना बनेर गएका थियौं तर त्यहाँ पुगेपछि त धेरै घरका नेपाली दाजुभाईहरुले स्वागत गर्नु भयो । उहाँहरुले विभिन्न साथीहरुसंग परिचय गराउनु भयो ।" मनपर्ने ठाउँका कुरा गर्दा श्री लिम्वुलाई डेनमार्क तथा हङ्गकङ्ग पनि धेरै मन पर्ने ठाउँ हुन् ।
पढेका पुस्तकहरुमा उहाँलाई डायमण्ड समसेरको सेतो बाघ मन पर्छ । उहाँ अहिले नेलशन मण्डेलाको वायोग्राफी पढ्दै हुनुहुन्छ जुन उहाँलाई धेरै मन परेको पुस्तक हो । फर्ुसदको समयमा उहाँ पत्रपत्रिका पढ्न र मारि्मक गीतहरु सुन्न रुचाउनु हुन्छ ।
उहाँलाई नेल्शन मण्डेला असाध्ये मन पर्ने नेता हुन । त्यसो त उहाँलाई वेलायतका प्रधानमन्त्री टोनी ब्लेयर पनि असाध्ये मन पर्छ । उहाँ भन्नुहुन्छ "टोनी ब्लेयरमा नेतामा हुनुपर्ने गुणहरु छन् । उहाँ आत्म निर्णय गर्न सक्ने र वौद्धिक पनि छन् । यदि ब्लेयर नभएको भए गोर्खाको आन्दोलनले यति सफलता पाउने थिएन ।"
आफ्नो जीवनका अविश्मरणीय क्षणको कुरा गर्दा श्री लिम्वु भन्नुहुन्छ "कर्ण्ााली नदीमा एडभेन्चर राफ्टिङ्ग गर्दा कर्ण्ाालीको डरलाग्दो ठाउँमा कमाण्ड वोट कर्लिङ वेभ-घुमाउने) मा दर्ुइ ढुंगाको बीचमा अड्कियो । त्यतिवेला मलाई अब यति नै रहेछ जीन्दगी भन्ने लागि सकेको थियो । भाग्यवस निस्किन सफल भईयो । यो घटना मैले कहिल्यै पनि भुल्न सक्तिन ।"
संसारका विभिन्न देशहरु घुम्नु भएका श्री लिम्वु नेपालको सुन्दरता विशिष्ट छ भन्नु हुन्छ । उहाँ भन्नुहुन्छ "आफ्नो जीवनमा मैले नेपालका विभिन्न संस्कृतिको अनुभुति गर्ने मौका पाएको छु र भविष्यमा नेपालका धेरै ठाउँ घुम्ने मेरो ठुलो धोको पनि छ ।"
वेलायतमा रहेको सानो नेपाली समाजमा श्रीप्रसाद लिम्वु जस्ता समाजसेवीहरुबाट नेपालीहरु बीच तथा नेपाली र वेलायती स्थानीय जनता बीचको भातृत्व र आपसी सम्वन्धलाई अझ बढी सुदृढ बनाउन सहयोग मिल्ने नै छ भन्ने कुरामा आशा गर्न सकिन्छ ।
- श्रीप्रसाद लिम्वु संगको अन्तरंग कुराकानीमा आधारित
नेपाली सन्देश साप्ताहिक लण्डनबाट प्रकाशित २५ बैशाख २०६४
|