Chumlung UK

  • Increase font size
  • Default font size
  • Decrease font size
Home
E-mail Print

           सिसेक्पा तङनाम २०१०, येले सम्वत ५०७० बेलायतमा भव्यरुपमा सम्पन्न,

गत अगष्ट ७ शनिवार २०१० कादिन किरात याक्थुङ चुम्लुङ युकेद्वारा सिसेक्पा तङनाम २०१० तथा येले सम्वत ५०७० का उपलक्ष्यमा बेलायत स्थित केन्ट आसफोर्डमा किरात याक्थुङ चुम्लुङ युकेद्वारा आयोजित शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम अत्यन्तै भव्वयरुपमा सम्पन्न भयो । औपचारिक तथा सास्कृतिक कार्यक्रम गरी दुई भागमा बिभाजित उक्त कार्यक्रममा प्रथम चरणको कार्यक्रम चुम्लुङ युकेको अध्यक्ष श्री बम बहादुर लिम्वुज्युको अध्यक्षता र बेलायतकालागि नेपाली राजदूत महामहीम डा श्री सुरेश चन्द्र चालिसेज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम बेलायत स्थित बिभिन्न सामाजिक सस्थाहरुका प्रतिनिधीहरुका उपस्थिति रहेको थियो । 

 

किरात याक्थुङ चुम्लुङले बेलायतका लागि नेपाली राजदूत श्री सुरेश चन्द्र चालिसेज्युलाई औपचारिकरुपमा स्वागत पनि गरेको उक्त कार्यक्रममा अध्यक्ष श्री बम लिम्वुज्युले खादा ओढाई स्वागत गरेका थिए । स्वागत पछि मन्तव्य ब्यक्त गर्ने क्रममा महा महीम श्री चालिसेज्युले लिम्वु सस्कार तथा सस्कृति निकै बिशिष्ट रहेको र  यसले नेपालको पर्यटन क्षेत्रम निकै महत्वपुर्ण योगदान पुर्याउन सक्ने सम्भावना रहेको बताउनु भयो ।

मन्तब्य बयक्त गर्ने क्रममा सस्थाका सल्लाहकार नर कुमारी लिम्वुज्यु, किरात याक्थुङ चुम्लुङ नेपालका केन्द्रिय सचिव श्री गजेन्द्र स्पो तथा चुम्लुङ नेपालका सस्थापक सदस्य श्री गणेश ईजमज्यु लगायतका वक्ताज्युहरुले सिसेक्पा तङनामका बारेमा प्रष्ट पार्नु हुदै सिसेक्पा तङनामको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

उपस्थित सबैलाई ननिन्टनबाट आएका सास्कृतिक टोलीले सबैलाई स्वागत (लाम लक्मा) गर्दै च्याब्रुङले स्वागत गरेका थिए भने सस्थाका सल्लाहकार कमला लिम्वुज्यले स्वागत मन्तव्य राख्नुभएको थियो साथै सभा सञ्चालन सस्थाका महा सचिव श्री बिजय बिक्रम लिङदेनले गरेका थिए । स्मरण रहोस लिम्वु सस्कृतिमा हरेक शुभ कार्यआरम्भमा च्याब्रुङ बजाउने परम्परा सदियौ कालदेखि चल्दै आइरहेको छ ।

कार्यक्रममा उच्च शिक्षा हासिल गर्ने हाङमा लावती, एमबिबिएस गर्ने डा श्री राजु थाम्सुहाङ, जिसिएसई मा उच्च अक लिएर परीक्ष उतिर्ण गर्ने जीना लावती र काम बिशेषले बेलायत भ्रमणमा रहनुहुने डा राम नारायण कन्दङवालाई पनि पदक तथा प्रमाण पत्र प्रदान गरिइएको थियो । 

गत मे मा निर्वाचित चुम्लुङ युकेका नयाँ का्रयसमितिलाई पनि सोही दिन सबैसामु परिचयात्मक उपस्थिति गराउदै कार्यभार सुम्पिइएको घोषणा पनि गरिएको थियो । नया कार्यसमितिमा श्री डम्वर बहादुर लिम्वु, सिगक लिम्वुको अध्यक्षतमा  उपाध्यक्षद्वय श्री जय मादेन र  बद्रि योङया, महा सचिव बिजय विक्रम लिम्वु,सचिव  बिमला लिम्वु,कोषाध्यक्ष श्री देव हुक्पा चोङबाङ, सह कोषाध्यक्ष श्री दिलसि मेन्याङबो रहनु भएको छ । नव निर्वाचित कार्य समितिलाई उपस्थित अतिथी तथा सदस्यहरुले सफल्ताको शुभकामना ब्यक्त गरेका थिए । 

अन्तमा उपस्थित सबैलाई धन्यवाद दिदै आफ्नो कार्यकालमा सहयोग पुर्याउने समस्त कार्यसमिति सदस्य, साधारण सदस्य, सल्लाहकार लगायत समस्त बुद्धिजिबी बर्गहरुमा धन्यवाद तथा आभार व्यक्त गर्दै दोश्रो चरणको का्र्यक्रम सञ्चालनकालागि मनोरञ्जन तथा सास्कृतिक कार्यक्रमलाई मञ्च हस्तान्तरण गर्नु भएको थियो ।

साझ आठ बजे सम्म पनि धान नाच, च्याब्रुङ नाचको रन्को चलिरहेको सो कार्यक्रममा नयाँ पिढिको सहभागिता पनि उल्लेख्य र उदाहरणीय थियो स्वस्फुर्तरुपमा सबैको सहभागिता रहेको कार्यक्रममा सबैले छुट्टिन अगि फेरी भेट्ने वाचा पनि गरेका थिए ।