किराँत याक्थुङ चुम्लुङको बैठक सम्पन्न
गत अक्टोबर १० तारिक शनिबारकादिन आसफोर्डमा किराँत याक्थुङ चुम्लुङ युकेका अध्यक्ष श्री बम बहादुर
लिम्बुज्युको अध्यक्षतामा किराँत याक्थुङ चुम्लुङ युकेको बैठक सम्पन्न भएको छ । पहिलो सत्रमा कमिटिको बैठक र त्यसपछि गत जुलाई २५ तारिककादिन सम्पन्न सिसेक्पा तङनाममा सहयोगी कलाकार, स्यवसेवी तथा अन्य शुभेच्छुकहरुलाई सधन्यवाद सहित दिवाभोजको आयोजना गरिइएको कार्यक्रम सस्थाका सल्लाहकार लगायत अन्य बिभिन्न क्षेत्रमा सम्बद्ध याक्थुङवाहरुका बृहत उपस्थित रहेको थियो ।
सस्थाका सचिव श्री रत्न लाबुङज्युद्वारा सञ्चालित सो बैठकमा निकैनै महत्वपुर्ण निर्णयहरु भएका छन् । साथै भरखरैमात्र क्यान्सरका कारण मृत्यु भएका किरात याक्थुङ चुम्लुङ युकेका सदस्य स्व. दौलती थेबे, मेन्याङवोका
छोरीहरुलाई संस्थावाट करिब ६ हजार १ सय पाउण्डको सहयोगस्वरुप रकम प्रदान पनि गरियो । रकम संकलनका लागी सहयोग पुर्याउने बिभिन्न व्याक्ती तथा संघ संस्थहरुप्रति आभार व्यक्त गर्दै अध्यक्ष श्री बम लिम्बुज्युले बेलायतबासी हर याक्थुङबाहरुलाई यस्ता- आपत बिपतमा सहयोग पुर्याउन आफू हर हमेसा तम्तयार रहेको बताउदै समस्त कमिटी सदस्य तथा एरिया प्रतिनिधिहरुलाई सदैब सहयोगी रहन आग्रह गर्नुभयो ।
अन्तमा लिम्बुहरुका महान चाड चासोक तङनाम २००९ आगामी डिसेम्बर महिनाको १९ तारिक शनिबारकादिन बृहतरुपमा सम्पन्न गर्ने निर्णय गर्दै त्यसकालागि बिभिन्न जिम्मेवारीका बाँडफाँड पनि गरिएको छ ।
बिजय बिक्रम लिम्बु, लिङदेन




