Chumlung UK

  • Increase font size
  • Default font size
  • Decrease font size
Home News सिसेक्पा तङनाम ५०६९ को भब्य तयारी

सिसेक्पा तङनाम ५०६९ को भब्य तयारी

E-mail Print
         बेलायतमा "सिसेक्पा तङनामको" भब्य तयारीकिराँत याक्थुङ चुम्लुङ युकेले आगामि जुलाई २५ तारीक शनिबारका दिन भब्यरुपमा लिम्बु क्यालेण्डर अनुसार 'सिसेक' महिना र नेपाली पात्रो अनुसार 'श्राबण' महिनामा पर्ने "सिसेक्पा तङनाम ५०६९" बिबिध मनोरञ्जनात्मक कार्यक्रम सहित मनाउने जानकारी चुम्लुङ अध्यक्ष श्री बम बहादुर लिम्बुज्युले बताउनु भएको छ र यसको बृहत तयारिकालागि बिभिन्न समिती उप समिति बनाएर जिम्मेवारी बाँडफाँड गरी युद्ध स्तरमा तयारी भइरहेको पनि चुम्लुङ युके महा सचिब बिजय बिक्रम लिङदेनले बताउनु भएको छ । खेत बारीमा पाकेको मकै, सिबी आदित्यादी घर घरमा थन्क्याइए पछि अब आउदो बर्षमा "अनिकाल गयो सहकाल आयो" भन्दै बिशेष गरी साउने सक्रान्तीकादिन लिम्बु समुदायमा परा पुर्वकाल देखि मनाइदै आईएको यो चाडले लिम्बु समुदायमा बिशेष महत्व राख्दछ । मकैको बिभिन्न प्रकारको परिकार सहित गाँउ गाँउमा खसी राँगो काटेर भोज गर्दै एक आपसमा रमाईलो गरिने चाड बर्षायाममा भए पनि यसको बेग्लै रौनक्ता हुन्छ ।

गतबर्ष करिब तीन हजारको हारा-हारीमा उपस्थिती रहेको उक्त कार्यक्रममा यो बर्ष पनि सोहिनुरुपकै उपस्थितीलाई मध्यनजर गर्दै तयारी भइरहेको चुम्लुङ जन सम्पर्के बिभागीय प्रमूख श्री डम्बर लिम्बुज्यु र उपाध्यक्ष कमला लिम्बुज्युले अत्यन्तै प्रफुल्ल मुद्रामा बताउनु भयो । बिभिन्न नेपाली परिकारका खानाको ब्याबस्था गरिने, मौलिक भाषा सस्कृति झल्कने नाच गान कार्यक्रम राखिने, हाक्पारे  ख्याली , धान नाच, के-लाङ(च्याव्रुङ) साथै नयाँ पुस्ताका भाबनालाई पनि बिचार गर्दै बिभिन्न मनोरञ्ननात्मक कार्यक्रम पनि रहेको जानकारी साँस्कृतिक बिभाग प्रमुख श्री राजेन्द्र नेम्बाङज्यु र श्रीमती दुर्गा देबी सुब्बाज्युले बताउनु भएको छ ।

भुवन लिङदेन, लण्डन